संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना फिलिपिन्समा

ओकेखबर संवाददाता ९ बैशाख २०८१, आईतवार १९:५९ मा प्रकाशित ( महिना अघि) २६ पाठक संख्या

संयुक्त सैन्य अभ्यासका लागि ११ हजार जना अमेरिकी सेना फिलिपिन्स पुगेपछि महिला हिंसा र यौन दुर्व्यवहारकाे चिन्ता थपिएको अधिकारकर्मीले जनाएका छन् ।

महिला अधिकारकर्मीका विभिन्न सङ्गठनको एक गठबन्धनले संयुक्त सैन्य अभ्यासमा भाग लिनका लागि ११ हजार जनाभन्दा बढी अमेरिकी सैनिकको उपस्थितिले ठूलो चिन्ता थपेको बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकी सैन्य अड्डाका लागि तोकिएको क्षेत्रमा महिलाविरुद्ध हिंसा, विशेषगरी वेश्यावृत्ति र यौन दुर्व्यवहारमा वृद्धि हुन सक्ने अधिकारकर्मीले चेतावनी दिएका छन् ।

महिला अधिकारवादी सङ्गठन गब्रिएलाका महासचिव क्लेरिस पाल्सेले भिजिटिङ फोर्स एग्रिमेन्ट (भीएफए) र एन्हान्स्ड डिफेन्स को–अपरेशन एग्रिमेन्ट जस्ता असमान सैन्य सम्झौताले अमेरिकी सैनिकलाई अपराधबाट उन्मुक्ति दिएकाले महिला पीडित हुन सक्ने बताउनुभएको खबरमा उल्लेख छ । अमेरिकी सेनालाई फिलिपिन्सको कानुनअन्तर्गत उत्तरदायित्वको सामना नगरि अपराध गर्न र फिलिपिन्समा दुर्व्यवहार गर्न लाइसेन्स प्रदान गरेको उहाँको आरोप छ ।

११ हजार अमेरिकी र ५० हजार जना फिलिपिनी सैनिकको सहभागितामा यही अप्रिल र जुन महिनामा संयुक्त अभ्यास चल्नेछ ।


सम्बन्धित खबरहरु