भयावह बन्दै अमेरिका, ४ लाख भन्दा धेरै संक्रमित, विश्वभर मृतकको संख्या ८३ हजार नाघ्यो

ओकेखबर संवाददाता २६ चैत्र २०७६, बुधबार १७:०१ मा प्रकाशित ( साल अघि) ६७९ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड १९ ) पछिल्लो समय अमेरिकामा तिव्र गतिमा फैलिएको छ । हालसम्म १२ हजार ८ सय ५७ ले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा मात्रै ४ लाख ५ सय ४९ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने यसमध्ये २१ हजार ७ सय ११ जना संक्रमित सफल उपचारपछि घर फर्केका छन् ।

त्यसो त विश्वभर हालसम्म ८३ हजार ९० जनाको ज्यान गएको छ ।

१४ लाख ४६ हजार ९ सय ९२ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३ लाख ८ हजार ६ सय ८४ जना निको भएर घर फर्किएका छन् ।

कोरोनाभाइरस संक्रमणबाट संयुक्तराज्य अमेरिका, इटाली, स्पेन, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायतका मुलुकमा धेरै प्रभाव देखिएको छ ।


सम्बन्धित खबरहरु