रहेनन् साहित्यकार उपेन्द्र पागल

ओकेखबर संवाददाता १९ चैत्र २०७६, बुधबार २१:४१ मा प्रकाशित ( साल अघि) ६३२ पाठक संख्या

काठमाडौं । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ ।

एक वर्षदेखि दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो ।

उहाँ निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध हुनुहुन्थ्यो । उहाँका ११ कृति प्रकाशित छन् ।

हाल उहाँले उराँव जातिका बारेमा लेख्दै गरेको डा भीम खतिवडाले जानकारी दिनुभयो ।

उहाँको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो । उहाँका छ छोरी हुनुहुन्छ । रासस


सम्बन्धित खबरहरु