अमृत सापकोटाले बजारमा ल्याए ‘बाँस काटेर चोया’ (भिडियोसहित)

ओकेखबर संवाददाता ३० फाल्गुन २०७६, शुक्रबार ०९:२० मा प्रकाशित ( साल अघि) ३८८ पाठक संख्या

काठमाडौं – गायक अमृत सापकोटाको नयाँ गीत ‘बाँस काटेर चोया’ बजारमा आएको छ । उनले शुभारम्भ डिजिटलको आधिकारीक युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् ।
यसअघि बाल गायीका कमला घिमिरे र सापकोटाको आवाजमा ‘चिया छानेको’ गीत साढे १ करोड भ्युज कट्नै लाग्दा सापकोटाले फेरी अर्को गीत बजारमा ल्याएका हुन् ।
घिमिरेलाई मिडियामा ल्याएर चर्चामा ल्याउने व्यक्ति उनै सापकोटा हुन् । आफ्नो विवाहको पाँचौ वर्षगाँठको अवसरमा नयाँ म्युजिक भिडियो बजारमा ल्याईएको गायक सापकोटाले बताएका छन् । गीतमा अमृत सापकोटा र करुणा राईको श्वर रहेको छ ।
यस्तो रहेको छ सापकोटाको नयाँ गीत


सम्बन्धित खबरहरु