दोहा । मलेसियामा एक नेपालीको ज्यान गएको छ ।
क्वालालम्पुरस्थित नेपाली दूतावास नजिकै सडकपेटीमा अलपत्र अबस्थामा भेटिएका झापाका रोहन राईको ज्यान गएको हो ।
राईको झापाको दमक नगरपालिका( ११ का रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । उनी शुक्रबार सडकमा अलपत्र र घाउचोट लागेको अवस्थामा फेला परेका थिए ।
प्यारलाइसीयका बिरामी रहेका उनलाई नेपाली दूतावास र एनआरएनए मलेसियाको संयुक्त पहलमा उद्धार गरि स्थानीय क्लिनिकमा उपचार गराइएको थियो । उपचारपछि उनलाई पिएनसीसीको होस्टलमा राखेको थियो ।