देवर भाउजू र साली भेनाले एक अर्कालाई सिस्नु दलेर यसरी मनाए विसु पर्व

ओकेखबर संवाददाता १ बैशाख २०७७, सोमबार १८:१० मा प्रकाशित ( साल अघि) ३७४ पाठक संख्या

धनगढी । सुदूरपश्चिममा बैशाख १ गतेका दिन सिस्नु दलेर विसु पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने चलन रहिआएको छ। आजपनि सोही परम्परा अनुसार सुदूरपश्चिममा विसु पर्व मनाईदैछ। तर प्रदेशबासीले कोरोना भाईरसका कारण विगतका वर्षको भन्दा भिन्न तरिकाले विसु पर्व मनाईरहेका छन्।

 

विषेशगरी नयाँ वर्षका दिन देवर भाउजू तथा साली भेनाले एक अर्कालाई सिस्नु पानी लगाउने गर्छन्। एकघरबाट अर्को घर, एक गाउँबाट अर्को गाउँ पुगेर सिस्नु खेल्न चलन रहेपनि लकडाउनका कारण विसु घरभित्र मात्र सिमित भएको छ। सिस्नु पानीलाई लगाउने विसुलाई मिलनको पर्वका रुपमा लिने गरिन्छ।

 

स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्ने भन्दै आजको दिन लाग्ने विसु मेला तथा जात्रामा रोक लगाएपछि स्थानीयले घर भित्र बसेर विसु पर्व मनाईरहेका छन् । सुदूरपश्चिम प्रदेशको मौलीक पर्वको रुपमा रहेको विसु पर्बमा बिभिन्न प्रकारमा मौलिक परिकारहरु खाने गर्दछन् भने स्थान बिशेष भिन्नभिन्न तरिकाले विसु पर्वलाई रमाइलो गरी मनाउने प्रचलन रहेको छ ।


सम्बन्धित खबरहरु