घण्टैपिच्छे हाजिर गर्न यातायातका कर्मचारीलाई मन्त्री मनाङेको निर्देशन

ओकेखबर संवाददाता १२ बैशाख २०८१, बुधबार ०८:४४ मा प्रकाशित ( हफ्ता अघि) २३ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले यातायात व्यवस्था कार्यालय कास्कीका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न निर्देशन दिएका छन् । यातायात कार्यालयको अनुगमन गर्न पुगेका उनले काममा इमान्दारिता देखाउन आग्रह गरेका हुन् ।

मनाङेले सेवाग्राहीबाट धेरै गुनासा आएकाले कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्ने व्यवस्था गर्न निर्देशन दिए । उनले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउनसमेत निर्देशन दिए ।

कार्यालयबाट प्रदान गरिने सेवालाई अनलाइनबाट पाउने व्यवस्था गर्न पनि उनले यातायात कार्यालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘कार्यालयप्रति जनताको गुनासो धेरै छ । गुनासो नहुने गरिकाम गर्नुस्,’ उनले भने, ‘हरेक घण्टा हाजिर गर्नुस् ।’

यातायात व्यवस्था कार्यालय कास्की प्रमुख डिल्लीराम रिज्यालले केन्द्रीय हस्तक्षेपले प्रदेशमा अनलाइन सेवा दिन नसकेको बताए । अहिले पनि सबै सिस्टम केन्द्रीय हस्तक्षेपमा छ ।

मन्त्री मनाङेले चाहिँ अनलाइन सेवा सुचारु गर्न आइपरेको समस्याका बारेमा केन्द्रमा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


सम्बन्धित खबरहरु