सशस्त्र प्रहरीका १ हजार बढीले गरे रक्तदान

ओकेखबर संवाददाता ८ माघ २०८०, सोमबार १९:०८ मा प्रकाशित ( महिना अघि) १३० पाठक संख्या

काठमाडौं । सशस्त्र प्रहरी बलले ‘२३औँ सशस्त्र प्रहरी दिवस २०८०’को पूर्वसन्ध्यामा देशभरका सशस्त्र प्रहरी बलका इकाईहरुमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल एपीएफ अस्पताल बलम्बुको आयोजनामा सोमबार प्रधान कार्यालय तथा बाहिनी मुख्यालयहरु र मातहत इकाईहरुमा गरी कुल एक हजार ४७ जनाले रक्तदान गरेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

थापाका अनुसार प्रधान कार्यालय अन्तर्गत १ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी तथा मातहतहरुबाट १ सय २० जना, नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहत इकाईहरुबाट २ सय ४५ जना, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर तथा मातहत इकाईहरुबाट १ सय ९८ जनाले रक्तदान गरेका छन् ।

 

त्यस्तै नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की तथा मातहत ईकाहरुबाट ७० जना, नंं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही तथा मातहत इकाईहरुबाट १ सय ३१ जना, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत तथा मातहत इकाईहरुबाट ३१ जना, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली तथा मातहत इकाईहरुबाट १ सय ११ जना र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं तथा मातहत इकाईहरुबाट २६ जनाले रक्तदान गरेका छन् ।


सम्बन्धित खबरहरु