शेयर कारोबार गर्दा ब्रोकर कम्पनीले लिने कमिसन १० प्रतिशतले घट्याे

ओकेखबर संवाददाता २४ बैशाख २०८१, सोमबार २०:२३ मा प्रकाशित ( हफ्ता अघि) ३० पाठक संख्या

काठमाण्डाै – सरकारले शेयर कारोबार गर्दा ब्रोकर कम्पनीले लिने कमिसन घटाएको छ । नेपाल धितोपत्र बोर्डको प्रस्तावअनुसार आउँदो जेठ १ गतेदेखि लागू हुनेगरी अर्थ मन्त्रालयले कमिसन घटाउन सहमति दिएको हो ।

नयाँ व्यवस्थाअनुसार जेठ १ गतेदेखि ब्रोकरले शेयर कारोबारीसँग लिने शुल्क अहिले कायम रहेको दर भन्दा १० प्रतिशत कम हुनेछ । गएको कात्तिकमै धितोपत्र बोर्डको सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको थियो तर अर्थ मन्त्रालयको सहमति पाउन सकेको थिएन ।

अब अधिकतम ब्रोकर कमिसन कारोबार रकमको शून्य दशमलव ३६ प्रतिशत कायम हुनेछ । अब ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३१ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा शून्य दशमलव २७ प्रतिशत र १ करोडमाथि जतिसुकैको कारोबारमा शून्य दशमलव २४ प्रतिशत कायम हुने बोर्डले जनाएका छ ।


सम्बन्धित खबरहरु