नेपालमा ‘इनड्राइभ’ काे औपचारिक सेवा सुरु, राइडरबाट १० प्रतिशत कमिसन लिने

ओकेखबर संवाददाता २४ बैशाख २०८१, सोमबार २०:२५ मा प्रकाशित ( हफ्ता अघि) २० पाठक संख्या

काठमाण्डाै – राइड शेयरिङ एप ‘इनड्राइभ’ ले आजदेखि नेपालमा औपचारिक रूपमा सेवा शुरु गरेको छ ।

आज काठमाण्डाैमा आयाेजित एक कार्यक्रममा ‘इनड्राइभ’ नेपालकी निर्देशक रीता पोखरेलले आधिकारिक रूपमा सेवा सुरु भएको जानकारी दिनुभयो । उहाँले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताउनुभयो । अब ‘राइडर’ ले सेवा उपयोग गरेबापत कम्पनीले १० प्रतिशत कमिसन अर्थात् सेवा शुल्क लिने निर्देशक पाेखरेलले जानकारी दिनुभयो ।

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । अहिले काठमाण्डाै, पोखरा, भरतपुरमा सेवा उपलब्ध हुने र आउँदा दिनमा अन्य शहरमा पनि विस्तार हुने कम्पनीले जनाएकाे छ ।

‘इनड्राइभ’ ले राइड शेयरिङ बाहेक कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने छ ।


सम्बन्धित खबरहरु