स्विमिङ प्रकरण : स्क्वायर होटलका सञ्चालक पक्राउ

ओकेखबर संवाददाता ७ माघ २०८०, आईतवार १३:०० मा प्रकाशित ( महिना अघि) १०८ पाठक संख्या

काठमाडौं । प्रहरीले ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलका सञ्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई शनिबार नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता एसपी नवराज कार्कीले होटल सञ्चालक भण्डारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्विमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।

उनी घाइते भएपछि परिवारले उक्त होटलका सञ्चालकहरू रोमी अर्याल र ललिता भण्डारीविरुद्ध जाहेरी दिएका थिए । ललिता रोमीको सासु हुन् । रोमी भने पक्राउ परेकी छैनन् ।


सम्बन्धित खबरहरु