हिउँदे वर्षा नहुँदाको असर कम गर्न अहिलेदेखि नै तयारी थाल्न विज्ञको सुुझाव

ओकेखबर संवाददाता ६ माघ २०८०, शनिबार ११:१० मा प्रकाशित ( महिना अघि) ५८ पाठक संख्या

काठमाडौँ– यसवर्ष हिउँदमा पानी नपरेपछि किसान चिन्तित छन् । गहुँ, तोरी, मुुसुरो, तरकारी लगायतका हिउँदेबालीलाई अहिले पानी चाहिएको छ । तर देशका धेरै ठाउँमा हिउँदे वर्षा भएको छैन । केही दिनअघि पूर्वी पहाडका केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि जमिन भिज्नेगरी वर्षा भएन । फाट्टफुट्ट मात्रै पानी परेको र पानी पर्दै नपरेको ठाउँका किसान हिउँदे वर्षाको पर्खाइमा छन् ।

मौसमविदका अनुसार तत्काल हिउँदे वर्षाको सम्भावना देखिँदैन, तर माघ मसान्तसम्ममा पानी पर्ने सङ्केत भने देखिएको छ । माघ मध्य या अन्त्यसम्ममा पानी पर्ने संकेत देखिएको जलवायुविद् डा। धर्मराज उप्रेतीले बताउनुुभयो । तर यसअघि मौसमविद्ले हिउँदमा धेरै वर्षा हुने भन्दै गरेको पूर्वानुमान फेल खाएकाले माघ मसान्तसम्म पानी पर्छ नै भनेर ग्यारेन्टी गर्न नसकिने उहाँको भनाइ छ ।

पछिल्लोपटक मौसम पूर्वानुमानमा आधुुनिक प्रविधि भित्रिए पनि अनुमान शतप्रतिशत मिलाउन नसकिने मौसमविद्हरु बताउँछन् । माघ मसान्तसम्म पानी परेन भने हिउँदे बालीलाई प्रत्यक्ष असर पर्ने र यसको प्रभाव वर्षेबालीको तयारीमा समेत हुनेछ । त्यसैले सम्भव भएको ठाउँमा बालीनाली र तरकारीमा सिँचाइ दिन विज्ञको सुुझाव छ ।

घर छेउमा थोरै तरकारी खेती गर्नेहरुले भान्साबाट निस्कने पानी दिन सक्छन् । समुदाय स्तरमा जमिनमुनिको पानी निकालेर वा नजिकैको खोलानदीबाट तानेर पनि सिँचाइ गर्न सकिने उप्रेतीले बताउनुुभयो ।

उहाँका अनुसार पालिकाहरुले खाद्यान्न जोहो गर्ने काममा पनि ध्यान दिनुपर्छ । यस्तै हिउँदे वर्षा नहुँदा प्रदुषण बढ्ने, प्रदुषणको कारण श्वासप्रश्वाससँग सम्बन्धित रोगको जोखिम हुने, बिजुली उत्पादन घट्ने र वनपाखामा लाग्ने आगो निभाउनसमेत कठिनाइ हुने भएकाले सम्भावित असरबाट बच्न अहिलेदेखि नै तयारी थाल्न उहाँको सुुझाव छ ।


सम्बन्धित खबरहरु