बङ्गलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

ओकेखबर संवाददाता २३ पुष २०८०, सोमबार ०७:१२ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौं । बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी भएकी छन् । विवादास्पद चुनावमा उनले लगातार चौथो कार्यकालका लागि जितेकी हुन् ।

तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उनले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने बीबीसीले जनाएको छ ।

हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।

आधिकारिक नतिजा भने आज बेलुकासम्म आउने खबरमा उल्लेख छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।

बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जितेकी हुन् । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको हसिनाको यो लगातार चौथो जित र समग्रमा पाँचौँ कार्यकाल हो ।


सम्बन्धित खबरहरु