मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आयोजित कार्यक्रममा घिसिङले दोस्रो चरणमा ५२ खेलाडी र १० प्रशिक्षकलाई समावेश गरिएको जानकारी दिनुभयो । कबड्डी र भलिबलमा १२–१२, भारोत्तोलन र कुस्तीमा पाँच–पाँच तथा एथलेटिक्समा चार–चार पुरुष र महिला खेलाडीलाई समावेश गरिएको छ ।
पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक यतिबेला तयारी प्रशिक्षणमा छन् । जापानमा हुने २० औँ एसियाली खेलकुद तथा त्यसअगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यान दिएर राखेपले २०८० माघ १५ गतेदेखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गरी राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षण थालेको थियो ।