गत आवमा आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार मूल्य बराबरको अलैँची निर्यात भएको विभागको तथ्यांकमा छ। भने १० अर्बभन्दा बढीको कार्पेट निर्यात भएको विभागले जनाएको छ।
चालु आर्थिक बर्षमा अलैँचीको भाउ बढेसँग यसको माग पनि बढेको नेपाल अलैँची महासंघले जनाएको छ। हाल अलैँचीको मुल्य प्रतिमन ९० हजारभन्दा बढीमा व्यापार भइरहेको महासंघको भनाइ छ।
नेपाली अलैंचीको मुख्य बजार भारत मात्र भएपनि पछिल्लो समय जर्मनी, इटाली, युनाइटेड स्टेट्स, अमेरिका, क्यानडा र पाकिस्तान लगायत देशमा निर्यात हुन थालेको महासंघले जनाएको छ।
पूर्वी पहाडी जिल्लाको मुख्य आयस्रोत अलैंची खेती भएको महासंघले जनाएको छ। देशमा उत्पादन भएको २ प्रतिशत अलैंची मात्रै आन्तरिक बजारमा खपत हुने र बाँकी सबै विदेशी बजारमा व्यापार हुने महासंघले जनाएको छ।