एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४ गोलले हरायो : अर्को चरणमा प्रवेश

ओकेखबर संवाददाता २२ पुष २०८०, आईतवार ०७:२१ मा प्रकाशित ( महिना अघि) ८५ पाठक संख्या

काठमाडौं। एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४–० गोलले हराएको छ ।

गएराति भएको खेलमा चेल्सीले खेलको दोस्रो हाफमा ४ गोल गर्यो । उसका अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले एक/एक गोल गरे । च्याम्पियनसिप क्लब प्रेस्टोनले स्टामफोर्ड ब्रिजमा खेलको पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो ।

जितसँगै प्रिमियर लिग क्लब चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले चेल्सीका लागि एफए कप निकै महत्त्वपूर्ण भएको बताएका छन् । प्रिमियर लिगमा चेल्सी २० खेलमा २८ अङ्ककासाथ दशौँ स्थानमा छ ।

 


सम्बन्धित खबरहरु