नवलपरासीमा बाढीको समस्या समाधान गर्न मास्टर प्लान बनाइ काम गरिरहेको छु : विनोद चौधरी

ओकेखबर संवाददाता १८ पुष २०८०, बुधबार १५:१० मा प्रकाशित ( महिना अघि) ३४ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाढीको समस्या समाधानका लागि आफूले मास्टर प्लान बनाएर काम गरिरहेको बताएका छन् ।

बुधवार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत वडा न. १ भिठ्ठा बर्गदवामा १०८ शतचण्डी महायज्ञको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुस्ता—बर्दघाटमा ६ वटा नदीमा बाढीको समस्या रहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गुरु योजना बनाइ काम गरिरहेको बताए । उनले अहिले आगामी आर्थिक वर्षको बजेटमा सो क्षेत्रको समस्या समाधानका लागि सो योजना पार्न अर्थमन्त्रालयमा प्रयास जारी राखेको बताए ।

२ अर्ब ६० करोड लगभगको सो बजेटलाई मूर्त रूप दिनसके ४ वर्षमा सो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुने बताए । यसअघि बाढीको समस्या समाधान गर्नुभन्दा समस्यालाई डरलाग्दो बनाइराखेर राजनीति गर्ने काम भएको बताए ।

श्री बाउन्नगढी काली मन्दिर संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले श्री शतचण्डी महायज्ञ आयोजक मूल समितिद्वारा आयोजित महायज्ञमा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।

 


सम्बन्धित खबरहरु