पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित पीटीआईका नेताकाे उम्मेदवारी रद्द

ओकेखबर संवाददाता १५ पुष २०८०, आईतवार ०९:०५ मा प्रकाशित ( महिना अघि) ४० पाठक संख्या

एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ ।

आयोगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेको संसदीय चुनावमा उम्मेदवार बन्न खान अयोग्य रहेको उल्लेख गर्दै उम्मेदवारी खारेज गरेको बीबीसी हिन्दीले जनाएको छ ।

खानसँगै पीटीआईका अन्य उम्मेदवारहरुको पनि उम्मेदवारी अस्वीकृत भएको पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

चुनावका लागि उम्मेदवारी दर्ता गर्ने हिजो अन्तिम दिन थियो । यसअघि गएको अगस्ट ५ तारिखमा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । निर्वाचन आयोगले उहाँलाई पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ ।

खुर्रम शेर जमानले इमरान खानको उम्मेदवारी रद्द गरेको विरोधमा अदालत जाने बताएका छन् ।


सम्बन्धित खबरहरु