धनगढीलाई ३–२ गोलले हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि

ओकेखबर संवाददाता १४ पुष २०८०, शनिबार १९:२५ मा प्रकाशित ( महिना अघि) ३९ पाठक संख्या

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । आज दशरथ रङ्गशालामा भएको फाइनलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुरले उपाधि जितेको हो ।

खेलमा पहिलो हाफमा दुवै टोलीले १–१ गोल गरेका थिए । धनगढीका लागि ओलावाले अफिजले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमोह एजेकेले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए ।

तर दोस्रो हाफमा ललितपुरले दुई गोल गरेर ३–२ गोलको जित हात पार्‍याे । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍याे ।


सम्बन्धित खबरहरु