युक्रेनमा रुसको आक्रमण तीव्र : कम्तीमा ३० जनाको ज्यान गयो

ओकेखबर संवाददाता १४ पुष २०८०, शनिबार ०८:४६ मा प्रकाशित ( महिना अघि) ३१ पाठक संख्या

काठमाडौं । रुसले युक्रेनमा भइरहेकाे आक्रमणलाई तीव्र बनाएको छ । हिजो भएको आक्रमणलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।

किएभ, ओदेसा, खार्किभ, ल्भिभलगायतका क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ३० जनाको ज्यान गएको र एक सय ६० जनाभन्दा धेरै घाइते भएका विभिन्न निकायलाई उद्धृत गरी बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलाेदिमिर जेलेन्स्कीले रुसले लगभग सबै प्रकारका हतियारहरू प्रयोग गर्दै घरहरू र प्रसूति अस्पतालमा प्रहार गरेको बताउनुभएको छ । युक्रेनमा भएको पछिल्लो आक्रमणको फ्रान्सले कडा शब्दमा निन्दा गरेको छ ।

फ्रान्सेली विदेश मन्त्रालयले विज्ञप्ति निकालेर रुसले युक्रेनी नागरिकको सहनशीलता र हार्दिकतालाई कमजोर पार्ने उद्देश्यले आतङ्कवादको रणनीतिलाई निरन्तरता दिएको उल्लेख गरेको छ ।


सम्बन्धित खबरहरु