सरकार दमन र धरपकडमा उत्रियो : राप्रपा

ओकेखबर संवाददाता ९ मंसिर २०८०, शनिबार ०७:५३ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा भएको प्रदर्शनमा राप्रपाका नेता कार्यकर्तालाई प्रशासनले निशानामा पारेर खोजीखोजी पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ।

(राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदर्शनमा नभएकालाई समेत प्रशासनले खोजीखोजी पक्राउ गर्नु आपत्तिजनक र विडम्बनापूर्ण रहेको बताएका छन्।

सडकमा प्रदर्शनमा ओलिएकालाई घरमै नजरबन्द गर्ने, पक्राउ गर्ने र सडकपेटीमा हिँडेका नागरिकलाई बिनाकारण गिरफ्तार गर्ने काम अलोकतान्त्रिक भएको विज्ञप्तिमा उल्लेख छ।

‘यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित छ। दमन र धरपकड समस्याको समाधान होइन र हुनै सक्दैन,’ विज्ञप्तिमा भनिएको छ। गिरफ्तार गरिएका सबैको बिना शर्त अविलम्ब रिहाइ गर्न समेत पार्टीले माग गरेको छ।


सम्बन्धित खबरहरु