दशैँमा ग्लोबल आईएमई बैंकका ग्राहकलाई अफरै अफर

ओकेखबर संवाददाता २८ आश्विन २०८०, आईतवार ११:२४ मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैँको अवसरमा “ग्लोबल आईएमई बैंकको साथमा दशैँ रमाइलो” भन्ने याेजनासहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेको छ।

बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले आफूलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मको नगद फिर्ता हुने बैंकले जनाएकाे छ ।

यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड भएकाहरुले योजना अवधिभर कम्तीमा एक हजार रुपैयाँको ३ वटा कारोबार गरेमा तीन सय रुपैयाँ तथा ५ वा त्याेभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५ सय रुपैयाँ नगद फिर्ता हुनेछ ।

यो योजना आज घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् वडा दशैँ (दशमी) को दिनसम्म बेलुका ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने बैंकले जनाएकाे छ । साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ ।

याे योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफूलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा ‘DAKSHINA’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।


सम्बन्धित खबरहरु