एमसीसी प्रसारण लाइनका सबै ठेक्का रद्द, यस्तो छ कारण

ओकेखबर संवाददाता २६ आश्विन २०८०, शुक्रबार २१:०० मा प्रकाशित ( महिना अघि) १३१ पाठक संख्या

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन्। लागत अनुमानभन्दा बढी रकम राखेर टेण्डर आह्वान भएपछि मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ठेक्का रद्द गरेको हो ।

शुक्रवार एक सूचना गरी गर्दै एमसीएले यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जनाएको छ।

अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो । यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ ।

तर, ठेक्कामा न्यूनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलर परेको थियो । बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउनेछ । लप्सीफेदी(रातमाटे(न्यू हेटौँडा १ सय १७ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

रातमाटे-दमौली ९० किलोमिटर लामो ४ सय केभी निर्माण हुने छ। भने, न्यू दमौली-न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिने छ।


सम्बन्धित खबरहरु