अचम्मको घटना : मुसालाई गाँजाको दुर्व्यसन !

ओकेखबर संवाददाता २७ भाद्र २०७७, शनिबार १०:२९ मा प्रकाशित ( साल अघि) ४३७ पाठक संख्या

काठमाडौं । क्यानडामा एउटा मुसालाई गाँजाको यस्तो लत लाग्यो कि त्यहाँ उसले ठूलो मात्रामा गाँजा सेवन गरी अचेतसम्म भयो ।

वास्तवमा घटनामा एक व्यक्तिको घरबाट गाँजाको बिरुवा लगातार चोरी भइरहेको थियो । एकदिन, उसले देख्यो कि उसको सानो फार्ममा नै, मुसाले धेरै गाँजाका पातहरु खायो र नशाबाट अचेत भयो ।

क्यानाडामा मानिसहरूलाई घरमै निश्चित मात्रामा गाँजा खेती गर्न अनुमति छ । कोलिन नाम गरेको व्यक्तिले आफ्नो फेसबुक एकाउण्टमा यस सम्पूर्ण घटनाको बारेमा जानकारी दिएका छन् ।

उनले तस्बिरहरू राख्दै लेखेका छन्, दुई दिनसम्म यो सानो मुसाले आफ्नो गाँजाको बोटबाट पातहरु चोरिरहेको थियो । उसले अचेत भएर नलडेसम्म यसो गरिरहेको थियो ।

चित्रहरूमा स्पष्ट देखिन्छ कि मुसा गाँजाको बोटको पात खाएपछि उल्टो सुतिरहेको छ । र, उसमा कुनै चेतना छैन । कोलिनकाअनुसार एक हप्तामा मुसालाई गाँजाको लत लागिसकेको थियो ।


सम्बन्धित खबरहरु