बिहीबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

ओकेखबर संवाददाता १८ भाद्र २०७७, बिहीबार २०:५७ मा प्रकाशित ( साल अघि) ७७१ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएकासँगै संक्रमित हुने कुल ४२ हजार पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ आटी पीसीआर परीक्षण भएको थियो ।

कहाँ कति थपिए ?

डा. गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका २ जना, ओखलढुंगाका ७ जना, झापाका १२ जना, तेह्रथुमका २ जना, धनकुटाका ३ जना मोरङका ४६ जना, संखुवासभाका ६ जना र सुनसरीका २७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ६४ जना, पर्साका ६५ जना, बाराका ७१ जना, महोत्तरीका २०जना, रौतहटका २९ जना, सप्तरीका एकजना र सर्लाहीका १०९ जनामा कोरोना पुष्टि भएको छ ।

डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५७ जना, काभ्रेका ७ जना, चितवनका ५६ जना, दोलखाका ५ जना, धादिङका ३ जना, नुवाकोटका ४ जना, भक्तपुरका ४२ जना, मकवानपुरका २२ जना, रामेछापका एकजना, ललितपुरका ४६ जना र सिन्धुपाल्चोकका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३१ जना, गोरखाका ५ जना, तनहुँका ३ जना, नवलपरासी पूर्वका ६ जना, लमजुङका ९ र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ११ जना, गुल्मीका १० जना, दाङका ४ जना, नवलपरासीका ९ जना, पाल्पाका २ जना, प्युठानका २ जना,बर्दियाका ५ जना, बाँकेका ८ जना र रुपन्देहीका ५२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमाम कालिकोटका २ जना, जाजरकोटका एकजना, दैलेखका ६ जना,सल्यानका २ जना र सुर्खेतका ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ६ जना, कंचनपुरका ३ जना, कैलालीका १५ जना, डोटीका ४ जना, दार्चुलाका २ जना, बझाङका १० जना र बैतडीका २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसो त नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृ’त्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।


सम्बन्धित खबरहरु