व्रत सकिएपछि के खाने ?

ओकेखबर संवाददाता १० श्रावण २०७७, शनिबार ०९:११ मा प्रकाशित ( साल अघि) ५०४ पाठक संख्या

एजेन्सी ।  व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, व्रत सकिएपछि खानेकुरा मिलाएर खान नजान्दा बिरामी पर्ने समस्या बढी हुन्छ ।

यस्तो अवस्थामा स्वास्थ्यमा गडबडी आउन नदिन निम्न उपायहरू प्रयोग गरौँ: व्रत बसेको दिन प्रशस्त पानी पिउनुपर्छ । फलफूल र फलफूलको जुस खानुपर्छ । व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न हुन सक्छ । त्यसैले ठोस खाना मात्रै होइन, पानी पनि एकै पटकमा धेरै पिउनुहुँदैन । पटक पटक गरी खानेकुरा खाइरहनुपर्छ ।

पानीका साथै सलाद पनि खानुपर्छ । यसले शरीरमा पानीको मात्रा पुग्दछ । व्रत खोलेपछि साबुदानाको खीर बनाएर खान सकिन्छ । खाली पेटमा चिया पिउनु राम्रो हुँदैन । त्यसैले व्रतको बेला चिया नखाँदा नै राम्रो ।मसलेदार खानाकाे साटो रोटी, दाल, भात र तरकारी नै खानु राम्रो हुन्छ ।


सम्बन्धित खबरहरु