प्रिमियर लिगमा सिटीको फराकिलो जीत, एस्टोन भिल्ला पनि विजयी

ओकेखबर संवाददाता ७ श्रावण २०७७, बुधबार ०६:२७ मा प्रकाशित ( साल अघि) ३९१ पाठक संख्या

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र एस्टोन भिल्ला विजयी भएका छन् । गएराति भएको खेलमा सिटीले ले वाटफोर्डलाई पराजित गर्दा एस्टोन भिल्लाले आर्सनल माथि जीत दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले मिकेल आर्तेताको टिम आर्सनललाई १–० ले पराजित गरेको हो । एस्टन भिल्लाको जिटमा २७ औँ मिनेटमा ट्रेजिगेले गरेको गोल नै निर्णयक बन्यो ।

जितपछि ३७ खेलबाट ३४ अंकसहित १७ औँ स्थानमा उक्लिएको हो । उसले समान अंक भएको वाट्फोर्डलाई पछि पारेको हो । पराजित भएको आर्सनल ३७ खेलबाट ५३ अंकसहित १० औँ स्थानमा रहेको छ ।


सम्बन्धित खबरहरु