एक सामान्य व्यक्ति रातारात यसरी बने करोडपति

ओकेखबर संवाददाता १४ असार २०७७, आईतवार २२:४७ मा प्रकाशित ( साल अघि) ७४४ पाठक संख्या

एजेन्सी । तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन्। अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका उनी करोडपति बनेका हुन् । कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन्।

तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ । यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो । एक स्थानीय भूवैज्ञानिकले यसको आपूर्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन् ।

यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङ्गको विविधताका कारण विशेष मानिन्छ। यसको मूल्य रङ्गको दुर्लभताको आधारमा निर्धारण गरिन्छ। तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुन्छ।

लाइजरले गत साता ९.२ र ५.८ किलोग्राम वजनका दुई पत्थर खानीमा फेला पारेका थिए तर उनले बुधवार लाग्ने बजारमा त्यो बेचेका थिए । यसअघिसम्म सबैभन्दा ठूलो तान्जानाइटको तौल ३।३ किलोग्राम थियो ।

राष्ट्रपति जोन मागुफुलीले फोन गरेर लाइजरलाई बधाई दिए। ‘यो सानो स्तरमा खानी खोज्नेहरूको फाइदा हो र यसले तान्जानिया कति धनी छ भन्ने प्रमाणित गर्छ,’ राष्ट्रपतिले भने। सन् २०१५ मा मागुफुली खानीमा राज्यको हितको रक्षा गर्ने र यसबाट देशको आम्दानी बढाउने नाराका साथ विजयी भएका थिए


सम्बन्धित खबरहरु