कोरोनाबाट सिन्धुलीका एक पुरूषको मृत्यु

ओकेखबर संवाददाता २ असार २०७७, मंगलवार ०६:५८ मा प्रकाशित ( साल अघि) १०४६ पाठक संख्या

सिन्धुली । कोरोना भाइरसको संक्रमणबाट सिन्धुलीका एकजनाको मृत्यु भएको छ ।

रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका सिन्धुलीका एक जना पुरुषको मृत्यु भएको हो । उनी घ्याङलेक गाउँपालिका २ बस्तीपुरका हुन् ।

ती पुरुषको २५ दिनअघि मृत्यु भएको थियो । साउदी अरबस्थित नेपाली दूतावासले भने आज मात्र सो जानकारी दिएको हो ।

जदरा कम्पनीमा कार्यरत उनको कोरोना भाइरस संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको जनाएको छ । ३० वर्षीय ती पुरुषको जुवेलमा मृत्यु भएको हो ।

उनको बुवा पनि साउदी अरवमै कार्यरत छन् । उनलाई नेपाल उद्दार गर्नका लागि अहिले पहल भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।


सम्बन्धित खबरहरु