अन्तत: ट्वीटरले गर्याे ट्रम्पकाे ट्वीट ‘हाइड’

ओकेखबर संवाददाता १७ जेष्ठ २०७७, शनिबार ०८:३३ मा प्रकाशित ( साल अघि) ५४२ पाठक संख्या

एजेन्सी । अअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एउटा ट्वीट ट्वीटरले सिधै नदेखिने बनाएको (हाइड) छ ।

ट्रम्पको ट्वीटले हिंसालाई प्रशंसा गरेको वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेकाले हाइड गरिएको ट्वीटरले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गरेको ट्वीट जस्ताको त्यस्तै ‘कपी’ गरेर राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ट्वीटर एकाउन्टबाट केही घण्टापछि ट्वीट गरिएको थियो । त्यो ट्वीट पनि ट्वीटरले हाइड गरेको छ । हाइड गरिएको ट्वीट क्लिक गरेर हेर्न भने सकिन्छ, तर त्यसमा चेतावनीको संकेत राखिएको छ । सार्वजनिक साचो हुन सक्ने भएकाले ट्वीट पहुँचमा राखिएको ट्वीटरले जनाएको छ ।

ट्वीटर र राष्ट्रपति ट्रम्पबिच पछिल्ला दिनमा तनाव उच्च भएको छ । ट्रम्पको ट्वीटमा ट्वीटरले तथ्य–जाँच राखेपछि तनाव उत्कर्षमा पुगेको थियो ।

त्यसपछि ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको कानूनी सुरक्षा सीमित गर्ने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।


सम्बन्धित खबरहरु