बाथरुममा झुन्डिएर कोरोना संक्रमितले गरे आत्महत्या

ओकेखबर संवाददाता १६ जेष्ठ २०७७, शुक्रबार १४:०३ मा प्रकाशित ( साल अघि) ८८९ पाठक संख्या

काठमाडौं । बहराइनमा रहेका ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले बिहीबार आत्महत्या गरेका छ्न। एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत युवाले बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन्।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनले क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर एक संक्रमितले आत्महत्या गरेका हुन्।

बहराइनमा हालसम्म तीन सय ३१ जना नेपालीमा कोरोना संक्रमण देखिएपनि उनीहरुको गुणस्तरीय उपचार भइरहेको उनले बताए।

बहराइनमा हालसम्म १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने, ५ हजार ४ सय १९ जना निको भएका छन्।


सम्बन्धित खबरहरु