विद्यालय, कलेज बन्द गर्न सरकारलाई विद्यार्थी संगठनको आग्रह

ओकेखबर संवाददाता २३ फाल्गुन २०७६, शुक्रबार १९:४८ मा प्रकाशित ( साल अघि) ८०९ पाठक संख्या

काठमाडौं । चिनबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९) को सन्त्रास नेपालमा पनि बढेसंगै विद्यार्थी नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन केही दिनअघि सरकारले धेरै मानिस भेला हुने सभा, सम्मेलन, भोजजस्ता कार्यक्रम नगर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको थियो ।

यता नेपाल विद्थार्थी संघले भने स्कुल कलेज बन्द गर्नुपर्ने माग गरेका छन् । विश्व स्वस्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्चजोखिम भएको देशमा सुचीकृत गरेको भन्दै सरकारले स्कुल कलेज बन्द गुर्नपर्ने माग गरेका हुन् ।

नेविसंघकी महामन्त्री महेश्वरी कुँवरले धेरै मानिस जम्मा हुने स्थानमा विद्यालय पनि पर्ने भन्दै सरकारले शैक्षिक सत्र केही समयअघि नै सक्न निर्देशन दिएपनि विद्यार्थीहरुलाई खतरा बढ्ने बताइन् । उनले सरकारले उच्च सतर्कता अपनाउनुपर्ने र तत्कालका लागि स्कुल कलेजहरु बन्द गराउन माग गरेकी छिन् ।

सरकारले देशभरि रहेका झन्डै ३५,००० विद्यालयमा कक्षा १ देखि ९ सम्मका सबै परीक्षा चैत ५ सम्म सम्पन्न गरेर बिदा दिन निर्देशन जारी गरिएको छ।


सम्बन्धित खबरहरु