काेराेनाबाट थप ८९८० संक्रमित, १२९ जनाले ज्यान गुमाए

ओकेखबर संवाददाता ८ जेष्ठ २०७८, शनिबार १८:११ मा प्रकाशित ( साल अघि) २८८ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरेकामध्ये ८ हजार ५९१ जनामा पोजेटिभ देखिएको हो। भने एन्टिजेन परीक्षणबाट ३८९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा कुल २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १२९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ। हाल मुलुकभर १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित छन् ।


सम्बन्धित खबरहरु