अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो सहर बाटास्थित सैन्य अड्डामा आइतबार शक्तिशाली विस्फोट भएको छ।
घटनामा १७ जनाको मृत्यु भएको छ भने ४ सय जनाभन्दा बढी घाइते भएका छन्।
त्यहाँका राष्ट्रपति टिओडोरो ओबिआङका अनुसार सैन्य अड्डामा प्रयोग गरिएको डायनामाइटसँग सम्बन्धित लापरबाहीका कारण विस्फोट भएको हो।
उनले घटनामा १५ मानिस मारिएको र ५ सय जना घाइते भएको बताएका थिए। तर पछि त्यहाँको स्वास्थ्य मन्त्रालयले १७ जनाको मृत्यु र ४२० व्यक्ति घाइते भएको जानकारी दिएको हो। एजेन्सी