२ वर्षपछि विप्लव आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओलीसँगै भाषण गर्ने

ओकेखबर संवाददाता २१ फाल्गुन २०७७, शुक्रबार ०७:१७ मा प्रकाशित ( साल अघि) ४१३ पाठक संख्या

काठमाडौं । दुई वर्षदेखि भूमिगत राजनीति गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ आज (शुक्रबार) सार्वजनिक हुँदै छन्।

सरकारसँग भएको तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा यसअघि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिने भएका हुन्।

बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ। योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ।

सहमतिपत्रमा गृहमन्त्री एवं सरकारी वार्ता टोली प्रमुख रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका प्रवक्ता एवं वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका थिए।
यस्तो छ तीनबुँदे सहमति


सम्बन्धित खबरहरु