कहाँ भेटिन्छन् र साचो प्यार गर्ने
एक तिमी भेटियौ सधैं हतार गर्ने
सुरक्षित छु म मेरा दुश्मन बिच पनि
परिचित नै हुन् पछाडि प्रहार गर्ने
धकेलिदेऊ बरु सँगै हुँदा नदी तीरमा
नदिनु खबर अरूलाई प्रचार गर्ने
बद्लिरहन्छन् ऋतुहरु पनि यहाँ
हुरी कहाँ बनाउँछ योजना बिगार गर्ने
अबिर थियो न त साथ थियो सफरमा
आफ्नाहरु भेटिए घाटमा शृङ्गार गर्ने