मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि

ओकेखबर संवाददाता ३ कार्तिक २०७७, सोमबार १७:०९ मा प्रकाशित ( साल अघि) ३५७ पाठक संख्या

काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ कोरोना संक्रमित भएका छन्। उनले ट्विट गर्दै आज पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएको बताएका छन्।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन्।

‘आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु,’ उनले ट्विटमा भनेका छन्।

कोरोना संक्रमित हुने नेम्वाङ तेस्रो मन्त्री हुन्।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि संक्रमण भएको थियो।


सम्बन्धित खबरहरु