१० पटक सगरमाथा आरोहण गरेका ‘हिम चितुवा’ आङरिता शेर्पाको निधन

ओकेखबर संवाददाता ५ आश्विन २०७७, सोमबार १२:४७ मा प्रकाशित ( साल अघि) ११४७ पाठक संख्या

काठमाडौं । हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ।

उनको आज (सोमबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए।

उनको ७२ बर्ष को उमेरमा निधन भएको हो।

बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।


सम्बन्धित खबरहरु