अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

ओकेखबर संवाददाता १७ बैशाख २०७७, बुधबार ०६:४७ मा प्रकाशित ( साल अघि) ५६० पाठक संख्या

एजेन्सी । कोरोना भाइरसको केन्द्रविन्दु अमेरिकामा सङ्क्रमित हुनेको सङ्ख्या १० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर कुल ३० लाख ९८ हजारभन्दा बढी सङ्क्रमण पाइएको छ। विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो।

त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ। त्यो भनेको भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको सङ्ख्याभन्दा पनि बढी हो।

कोरोनाभाइरसका कारण हालसम्म २ लाख १६ हजारभन्दा बढीको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले धेरैभन्दा धेरै परीक्षण गरेकाले यो सङ्ख्या देखिएको बताएका छन्।

उनले विस्तारै सङ्क्रमितको सङ्ख्या शून्यमा झर्ने बताए। ट्रम्पले गत फेब्रुअरीमा पनि अमेरिकामा कोभिड-१९ को सङ्क्रमण शून्य हुने बताएका थिए। त्यसबेला अमेरिकामा कोरोनाभाइरसका १५ वटा मात्र सङ्क्रमण भेटिएका थिए।


सम्बन्धित खबरहरु