‘कोरोनालाई लिएर चीनमाथि गम्भीर अनुसन्धान’

ओकेखबर संवाददाता १६ बैशाख २०७७, मंगलवार ०९:२० मा प्रकाशित ( साल अघि) ४३४ पाठक संख्या

एजेन्सी । कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन्।

गत शुक्रवारपछि पहिलो पटक कोरोनाभाइरससम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनबारे टिप्पणी गरेका हुन्।

उनले ट्रम्पले आफूहरू चीनसँग अप्रसन्न रहेको बताए। कोरोनाभाइरस महामारीको विषयमा ट्रम्पले चीनको बारम्बार आलोचना गर्दै आएका बीबीसीले जनाएको छ ।

ट्रम्पले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्‍याउन नसकिने बताए। कोभिड–१९ रोक्न चीन पूर्णतः असफल भएको ट्रम्पको दाबी छ।


सम्बन्धित खबरहरु