डाक्टरहरूमाथि कुटपिट गर्ने डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार १३:२४ मा प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

काठमाडौं । त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि कुटपिट गर्ने डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ।

बिहीबार नै लम्साललाई महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा तानिएको छ।

डिएसपीसँगै डाक्टरलाई कुट्ने अन्य प्रहरीहरूलाई पनि कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बुधबार राति डाक्टरहरूमाथि भएको कुटपिटको घटनामा दुख व्यक्त गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

डाक्टरमाथि कुटपिट भएको घटनाबारे अनुसन्धान गर्न एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा समिति पनि बनाएको छ।


सम्बन्धित खबरहरु