बागलुङमा नेकपाको तीनमहिने अभियान

ओकेखबर संवाददाता १ चैत्र २०७६, शनिबार १५:५० मा प्रकाशित ( साल अघि) २२० पाठक संख्या

गलकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ जिल्ला कमिटीले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको आज शुभारम्भ गरेको छ ।

शुभारम्भको अवसरमा विश्वमा महामारीका रूपमा फैलिरहको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका आज बागलुङ बजारमा सचेतनात्मक अभियान सञ्चालन गरेको थियो ।

अभियानअन्तर्गत विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षणको विषयमा नेकपा बागलुङले पर्चा छपाएर आम सर्वसाधरणका लागि सचेतना फैलाउँदै हिँड्ने नेकपा जिल्ला कमिटीका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

“पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानका क्रममा कोरोना भाइरससम्बन्धी सचेतनासमेत प्रदान गर्नेछौँ”, सापकोटाले भन्नुभयो “शुभारम्भका अवसरमा बागलुङ बजारमा कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षणका बारेमा जनचेतना प्रदान गर्यौँ ।”

अभियानअन्तर्गत वडा तहसम्मका कार्यक्रम, भेटघाट तथा सदस्यता शुद्धीकरणलगायतका कार्य गरिने छ । कोरोना भाइरसको प्रकोपका कारण ठूला सभा तथा कार्यक्रम नगर्ने पार्टीको केन्द्रीय निर्णयानुसार भेटघाट तथा सङ्गठन सुदृढीकरणमा विशेष जोड दिने नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु