असार ७ मा बजेट पारित गर्ने सरकारको तयारी

ओकेखबर संवाददाता २९ जेष्ठ २०८१, मंगलवार २०:४२ मा प्रकाशित ( महिना अघि) ५२ पाठक संख्या

काठमाडौं । सरकारले असार ७ गते बजेट पारित गर्ने तयारी गरेको छ । संसद सचिवालयले तयार गरेको क्यालेन्डरअनुसार असार ७ गते आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट पारित गर्ने तयारी गरिएको हो ।

जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । हाल प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत छलफल चलिरहेको छ । जेठ २९ गते (मंगलबार) देखि सुरु भएको मन्त्रालयगत छलफल असार ७ गते (शुक्रबार)सम्म निरन्तर चल्नेछ । छलफलपछि सम्बन्धित मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएपछि असार ७ गते बजेट पारित गर्ने तयारी गरिएको छ ।

संसद सचिवालयले तयार गरेको क्यालेन्डर अनुसार आज प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।


सम्बन्धित खबरहरु