सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका साताैँ तहका शाखा अधिकृत लक्ष्मण शाहले भारतकाे उत्तर प्रदेश राज्यकाे माध्यमकि शिक्षा परिषद्बाट इन्टरमिडियट (कक्षा १२) तहकाे परीक्षा उत्तीर्ण गरेकाे भनी झुटा शैक्षिक याेग्यताकाे प्रमाणपत्र पेश गरी जागिर खाएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ । शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कम्प्युटर अपरेटर हुँदै शाखा अधिकृतसम्म भएका विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डाैमा आरोप पत्र दायर गरेको छ ।