भोलिसम्म चल्ने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवम् बाग्मती प्रदेशको श्रमाधान रोजागार मेलाका संयोजक डम्बर सुनुवारले जानकारी दिनुभयो । सरकारले रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले देशका सात वटै प्रदेशमा मेला गरेको हो ।
यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेला सम्पन्न भइसकेको छ । गएको १७ गतेदेखि शुरु भएको श्रमाधान रोजगार मेलाको भोलि समापन हुनेछ ।