भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त

ओकेखबर संवाददाता २६ जेष्ठ २०८१, शनिबार ०७:२२ मा प्रकाशित ( महिना अघि) ५८ पाठक संख्या

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले  सरकार गठन गर्न औपचारिक रुपमा आह्वान पनि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि हिजो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो । एनडीएका सांसदहरुले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । मोदीले भोलि बेलुका प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ । ७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको सपथ हुनेछ ।

लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत ल्याउन नसकेपछि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो । एनडीए गठबन्धनसँग संसद्को तल्लो सदन लोकसभामा पाँच सय ४३ मध्ये दुई सय ९३ सिट छ । यसमा भाजपाको दुई सय ४० सिट रहेको छ । अघिल्लो दुई चुनाव सन् २०१४ र २०१९ मा भाजपा एक्लैले बहुमत ल्याएको थियो ।


सम्बन्धित खबरहरु