यूएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एक,एक गोल गरे । अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले जित हासिल गरेको हो । नेपालले समूह एचमा लगातार पाँच हार बेहोरेको छ ।
यसअघि यूएई विरुद्ध अवे मैदानमा भएको खेलमा पनि नेपाल ४–० गोलले नै पराजित भएको थियो । जितसँगै यूएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँचवटै खेलमा पराजित भएको नेपाल भने अङ्क विहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।