हुरीका कारण चितवनको केराखेतीमा १२ करोड रुपैयाँको क्षति

ओकेखबर संवाददाता २१ जेष्ठ २०८१, सोमबार १२:३९ मा प्रकाशित ( महिना अघि) ५३ पाठक संख्या

चितवन । हुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जानकारी दिनुभयो । उनकाअनुसार पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतमा लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ ।

सङ्घका महासचिव जनक पन्तकाले हुरीका कारण १२ करोड रुपैयाँ बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।

 

७० जना व्यावसायिक किसानले लगाएको केरामा पूर्णरुपमा क्षति भएको छ भने अरुको आंशिक क्षति भएको उनले बताए ।

 

चितवनमा अहिले तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । सात सय किसानले केरा खेती गरेका चितवन केरा उत्पादक सङ्घले जनाएको छ ।


सम्बन्धित खबरहरु