सुरक्षण मुद्रणका कार्यकारी निर्देशक पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर

ओकेखबर संवाददाता १४ जेष्ठ २०८१, सोमबार १८:१७ मा प्रकाशित ( महिना अघि) ७९ पाठक संख्या

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सोमबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीशहरु राम बहादुर थापा र रितेन्द्र थोपाको इजलासले झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा पौडेललाई दोषी ठहर गरेको हो ।

विशेषले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दे १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ । विकलले आफ्नो अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेको कुरा ढाँटेर नेपालमा सरकारी सेवामा कार्यरत रहेको ठहर गर्दै उक्त सजाय सुनाएको हो ।


सम्बन्धित खबरहरु