वैदेशिक रोजगार विभागको फेमिस प्रणालीमा किन आयो समस्या?

ओकेखबर संवाददाता ८ जेष्ठ २०८१, मंगलवार ११:०४ मा प्रकाशित ( महिना अघि) ६४ पाठक संख्या

काठमाडौं । वैदेशिक रोजगार विभागबाट सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा समस्या आएको छ ।

फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृतिलगायतका सेवा नियमित हुन नसकेको विभागले जनाएको छ ।

समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको विभागले निकालेको सूचनामा उल्लेख छ । फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा परेका छन् ।

यसअघि पनि फेमिसमा समस्या आउने गरेको थियो । जसले गर्दा श्रम स्वीकृति लिनेहरू वैदेशिक रोजगार कार्यालयसम्मै धाउन बाध्य थिए ।


सम्बन्धित खबरहरु